(Japan) 27 th July | 2026 | Monday | 7:11:07 AM || (Nepal) 3:56:07 AM
 
 

आईतबार जापानमा २३८८ जनामा कोरोना संक्रमण, संक्रमित १८१,३४२-निको १४९,९४५

Jack Khadka   POSTED ON : Monday, 14 December, 2020 | Views : 2044

आईतबार जापानमा २३८८ जनामा कोरोना संक्रमण, संक्रमित १८१,३४२-निको १४९,९४५


टोकियो, जापान ।

जापानमा डिसेम्बर १३ तारिख १९ जना कोरोना भाइरस संक्रमित बिरामीको निधन भएको छ ।

आईतबार रात ९ बजेसम्ममा २३ सय ८८ जना नयाँ कोरोनाका बिरामी पुष्टि भएका छन् ।

जापानमा ४७ मध्ये ४३ प्रिफेक्चरमा आईतबार नयाँ संक्रमित भेटिएका छन् ।

आईतबार सबैभन्दा धेरै ७ जना कोरानाका बिरामीको होक्काईदोमा निधन भएको छ भने संक्रमित तर्फ टोकियोमा ४८० जना पुष्टि भएका छन् ।

आईतबार नै बिमानस्थल क्वारिन्टिनमा नयाँ १४ जना सहित संक्रमितको संख्या १६ सय ७८ पुगेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार जापानमा हालसम्म कोरोनाका बिरामीको संख्या १ लाख ८१ हजार नाघेको छ ।

संक्रमित भएका मध्ये १ लाख ५० हजार व्यक्ति निको भएर डिस्चार्ज भएका छन् ।

हाल उपचार गराईरहेका ५ सय ८३ जनाको अवस्था गम्भिर रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गम्भिर बिरामीको यो संख्या जापानमा कोरोना संक्रमण सुरु भएयताकै सर्वाधिक धेरै हो ।