टोकियो, जापान ।
हिजो अहिलेसम्मकै धेरै ६२१ जना कोरोना संक्रमितको रेकर्ड बनेको टोकियो महानगरमा आज आईतबार कोरोना संक्रमित भएको नयाँ रेकर्ड बनेको छ ।
टोकियोमा कोरोना संक्रमण सुरु भएयता आईतबार संक्रमित पाईएको सर्वाधिक रेकर्ड बन्ने क्रममा दिउँसो ३ बजेसम्ममा ४८० जना नयाँ संक्रमित पुष्टि भएका छन् ।
टोकियो महानगरका अनुसार आईतबारको दिन ४ सय भन्दा बढी संक्रमित पाईएको यो पहिलो पटक हो ।
यद्यपी ४ सय भन्दा धेरै संक्रमित लगातार टोकियोमा पुष्टि भएको यो पाचौं दिन हो ।
टोकियोमा डिसेम्बर १३ तारिख पुष्टि भएका सहित कुल कोरोना संक्रमितको संख्या ४७ हजार २ सय २५ पुगेको छ ।
टोकियोमा हालसम्म कोरोना संक्रमण भएका ४१,२९७ जना निको भईसकेका छन् । टोकियो महानगरका अनुसार हालसम्म ५३५ जनाको निधन हुँदा उपचाररत ६८ जना गम्भिर अवस्थामा रहेका छन् ।