(Japan) 27 th July | 2026 | Monday | 7:11:14 AM || (Nepal) 3:56:14 AM
 
 

किर्तिमानमाथि किर्तिमान-जापानमा ३,०४१ जनामा कोरोना संक्रमण, २८ को निधन

  POSTED ON : Sunday, 13 December, 2020 | Views : 3340

किर्तिमानमाथि किर्तिमान-जापानमा ३,०४१ जनामा कोरोना संक्रमण, २८ को निधन


टोकियो, जापान ।

जापानमा कोरोना भाइरस महामारी देशभर बढ्दो र फैलने क्रममा पहिलो पटक एकैदिन ३ हजार कोरोनाका बिरामी नाघेका छन् ।

डिसेम्बर १२ तारिख एकैदिन संक्रमित संख्याको नयाँ किर्तिमान बन्दै पुरानो किर्तिमान भंग हुने क्रममा मध्यरातसम्ममा ३ हजार ४१ जनामा कोरोना संक्रमण पाईएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार शनिबार देशभर गरेर २८ जना कोरोनाका बिरामीको निधन भएको छ । जसमा सबैभन्दा धेरै होक्काईदो र ओसाकामा ६ ६ जना रहेका छन् । त्यस बाहेक ह्योगो ४, खानागावा ३ र गुन्मा प्रिफेक्चर २ जना तथा मिए, क्योतो नारा, आईची, निगाता, शिजुओखा र गिफुमा एक एक जना रहेका छन् ।

शनिवार रात ११ बजेसम्ममा पुष्टि भएका सहित जापानमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७८ हजार ९ सय ५४ पुगेको छ ।

संक्रमित मध्ये यो अवधिमा २५ सय ९५ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिवार १ सय भन्दा धेरै संक्रमित पाईएका प्रिफेक्चरहरुमा टोकियो ६२१, ओसाका ४२९, खानागावा २२३, आईची २०६, साईतामा, १९९, होक्काईदो १८९, ह्योगो १३७, चिबा १२१, हिरोसिमा १०४ रहेको छ ।

जापानमा ४७ मध्ये ४२ प्रिफेक्चर र एयरपोर्ट क्वारिन्टिनमा १८ जना पछिल्लो २४ घण्टामा संक्रमित थपिएका छन् ।

तथ्यांक अनुसार जापानमा हाल उपचार गराईरहेका ५ सय ७८ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर बिरामीको यो संख्या जापानमा कोरोना महामारी यताकै सर्वाधिक हो ।

संक्रमित कुल संख्यामा उपचार पश्चात १ लाख ४८ हजार १ सय ८३ जना भने निको भएर डिस्चार्ज भइसकेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

कोरोना संक्रमण आशंकामा डिसेम्बर १० तारिख ३८ हजार १ सय ५९ जनाको परीक्षण गरिएको थियो । देशभर गरिने कोरोना परीक्षणको संख्या हरेक दिनको त्यसको पर्सीपल्ट प्रकाशन हुने गरेको छ ।