टोकियो, जापान ।
जापानको राजधानी टोकियोमा आज कोरोना भाइरसबाट ६२१ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।
राजधानी टोकियोमा आज थपिएको यो संख्या अहिलेसम्मकै सर्वाधिक धेरै हो । जापानमा कुनैपनि प्रिफेक्चरमा एकैदिन यतिधैरै संख्यामा कोरोनाका बिरामी थपिएको यो पहिलोपटक हो ।
टोकियोमा यसअघि डिसेम्बर १० मा सबैभन्दा धेरै ६०२ जनामा कोभिड १९ भाइरस संक्रमण पाईएको थियो ।
डिसेम्बर १२ तारिख शनिवार दिउँसो ३ बजेसम्म पुष्टि भएका सहित टोकियोमा कोरोना संक्रमितको संख्या ४६,७५४ पुगेको छ ।