टोकियो, जापान ।
देशभर गरेर डिसेम्बर ११ तारिख जापानमा २,७९६ जना नयाँ कोरोना भाइरसका बिरामी पुष्टि भएका छन् ।
शुक्रबार नै कोरोना संक्रमित ४१ जनाको निधन भएको छ ।
निधन हुनेमा सर्वाधिक धेरै १० जना होक्काईदोका रहेका छन् । यसैगरि ओसाका ७, टोकियो ५, ह्योगो र गिफु प्रिफेक्चर ३, चिबा, साईतामा, आईची र खानागावा दुई तथा मिए, एहिमे, क्योतो, ईबाराकी र सिजुओखामा एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार जापानमा घरेलु कोरोना संक्रमितको संख्या १ लाख ७५ हजार २ सय ७ पुगेको छ ।
यसमा योकोहामा क्रुजका ७१२ सहित कुल संक्रमितको संख्या १७५,९१९ रहेको छ ।
क्रुजका १३ र घरेलु २,५५४ गरेर हालसम्म जापानमा कोरोना संक्रमणबाट २५ सय ६७ जनाको निधन भएको छ ।
शुक्रबार धेरै संक्रमण पाईएका प्रिफेक्चरमा टोकियो ५९५, ओसाका ३५७, खानागावा २८५, आईची १९६, साईतामा १८५, होक्काईदो १७७, फुकुओका १२२, चिबा ११७, हिरोसिमा ११०, ह्योगो ९८, क्योतो ५७ रहेको छ ।
शुक्रबार देशभर ४२ प्रिफेक्चर र एयरपोर्ट क्वारिन्टिनमा ९ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।
जापानभर शुक्रबार मध्यरातसम्ममा कोरोना संक्रमण पुष्टि भएका ५५४ जनाको अवस्था गम्भिर रहेको छ ।
स्वास्थ्य मन्त्रालयको विवरण अनुसार डिसेम्बर ११ तारिखसम्ममा कोरोना संक्रमण पुष्टि भएका कुल संख्यामा १ लाख ४५ हजार ६ सय ७३ जना निको भएर सामान्य अवस्थामा फर्किएका छन् ।