टोकियो, जापान ।
राजधानी टोकियोमा आजपनि झण्डै हिजोकै जति संख्यामा अर्थात् ५ सय ९५ जना नयाँ कोरोना भाइरस संक्रमित पुष्टि भएका छन ।
टोकियो महानगरका अनुसार दिउँसो ३ बजेसम्ममा ५९५ जनामा कोरोना संक्रमण पाईएको हो । टोकियोमा आज पुष्टि भएको कोरोना संक्रमितको यो संख्या टोकियोमा पुष्टि भएको दोस्रो उच्च संक्रमण हो । यसअघि हिजो हालसम्मकै धेरै ६०२ जनामा कोरोना संक्रमण पाईएको थियो ।
त्यसअघि सबैभन्दा धेरै ५७० जना नोभेम्वर २७ तारिखमा पुष्टि भएका थिए ।
टोकियोमा शुक्रबार सहित कोभिड १९ भाइरस संक्रमितको संख्या ४६ हजार १ सय २४ पुगेको छ ।
कोरोना संक्रमित मध्ये ५ सय ३० व्यक्तिको निधन भईसकेको छ ।
यसैगरि संक्रमित मध्ये ४० हजार ३ सय ७५ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएको सरकारी तथ्यांकमा उल्लेख छ ।
हाल उपचाररत ५९ जना गम्भिर बिरामी रहेको र अस्पतालमा ३ हजार बेड कोरोना संक्रमितलाई छुट्याएकोमा बिहिबारसम्ममा १८ सय ८५ जना अस्पतालमा उपचाररत रहेको महानगरले जनाएको छ ।