टोकियो, जापान ।
डिसेम्बर १० तारिख राजधानी टोकियो, ओसाका लगायत एक दर्जन प्रिफेक्चरमा अहिलेसम्मको उच्च संक्रमण रेकर्ड हुँदा समग्र जापानकै कोभिड-१९ संक्रमणमा नयाँ किर्तिमान बनेको छ ।
यसअघी बुधवार मात्र दैनिक कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड बनाएको जापानले २४ घण्टा नबित्दै त्यो रेकर्ड तोडेको छ ।
बिहीवार टोकियोमा ६०२, ओसाका ४१५ लगायत सर्वाधिक संक्रमितको रेकर्ड रहदा जापानमा एकैदिनमा करिब ३ हजार जनामा कोरोना पोजेटिभ पाइएको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार रात ११ बजेसम्ममा २९ सय ७२ जना नयाँ कोरोनाका बिरामी पुष्टि भएका छन ।
एकैदिन कोरोना संक्रमितको यो सर्वाधिक रेकर्ड बन्दा बिहीवार नै २६ जना कोरोनाका बिरामीको निधन भएको छ ।
कोरोनाबाट ओसाकामा मात्रै ९ जनाले बिहीवार ज्यान गुमाएका छन । यसैगरी होक्काइदो ५ तथा टोकियो र आईचीमा २/२ जना रहेका छन ।
बिहीवार नै एयरपोर्ट क्वारिन्टिनमा ७ जना कोरोना संक्रमित सहित ४७ मध्ये ४४ प्रिफेक्चरमा नयाँ संक्रमित पुष्टि भएका छन ।
जापानमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार पार लाग्दा १ लाख ४३ हजार भन्दा धेरै ब्यक्ती निको भएका छन ।
यसैगरी कोरोना संक्रमणबाट जापानभर २५ सय १३ जनाको निधन भएको र उपचार गराइरहेका ५४३ जनाको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।