(Japan) 24 th August | 2026 | Monday | 11:50:56 AM || (Nepal) 8:35:56 AM
 
 


टोकियोमा एकैदिन ६०२ जनामा कोरोना संक्रमण, यस्तो छ अहिलेसम्मको अवस्था

  POSTED ON : Thursday, 10 December, 2020 | Views : 3442

टोकियोमा एकैदिन ६०२ जनामा कोरोना संक्रमण, यस्तो छ अहिलेसम्मको अवस्था


टोकियो, जापान ।

जापानको राजधानी टोकियोमा आज अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् ।

डिसेम्बर १० तारिख बिहिबार एकैदिन ६ सय २ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

टोकियो महानगरका अनुसार दिउँसो ३ बजेसम्ममा एकैदिन ६ सय भन्दा धेरै कोरोना भाइरसका संक्रमिथ पुष्टि भएको यो पहिलो पटक हो ।

आज थपिएका सहित टोकियोमा मात्र कोभिड १९ भाइरस संक्रमितको संख्या ४५ हजार ५ सय २९ पुगेको छ ।

९ तारिखसम्ममा टोकियोमा कोरोना संक्रमण भएका ३९ हजार ९ सय ७० जना डिस्चार्ज भइसकेका छन् ।

यसैगरि संक्रमित मध्ये ५ सय २८ जनाले कोरोना रोगकै कारण ज्यान गुमाउदा अहिले उपचार गराईरहेका ५९ जना गम्भिर अवस्थामा मृत्युसंग संघर्ष गरिरहेका छन् ।

टोकियो महानगरले कोरोना भाइरस संक्रमित गम्भिर बिरामीको लागि १५० बेड छुट्याएको छ । यस मध्ये ५९ बेड भरिसक्दा हरेक दिन गम्भिर बिरामीको संख्या बढ्दै गएकाले टोकियो महानगरले अतिरिक्त गम्भिर बिरामीहरुको लागि बेड तयारी थालेको छ ।