टोकियो, जापान ।
डिसेम्बर ८ तारिख जापानमा २१ सय ७४ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन ।
मंगलवार नै जापानभर गरेर हालसम्मकै धेरै एकैदिन ४७ जना कोरोनाका बिरामीको निधन भएको छ ।
यसरी ज्यान गुमाउनेमा ओसाका र होक्काइदोमा ९/९ जना, टोकियो ६, आईची ४, ह्योगो र साइतामा ३, चिबा र खानागावा २ तथा अन्य प्रिफेक्चरमा एक गरी कुल ४७ जना रहेका छन ।
बुधवार बिहानसम्मको तथ्यांक अनुसार जापानमा कोरोना संक्रमितको संख्या १ लाख ६७ हजार ३ सय ४७ पुगेको छ ।
निधन हुनेको संख्या बढेर २४ सय ५८ भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
उपचाररत ५३६ जना गम्भिर बिरामी रहेको र कुल संक्रमित मध्ये १ लाख ३९ हजार ६ सय ५३ जना निको भएर डिस्चार्ज भइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।