टोकियो, जापान ।
जापानमा १ लाख ६५ हजार कोरोना भाइरसका बिरामी पार हुने क्रममा डिसेम्बर ७ तारिख १५ सय जना नयाँ संक्रमित थपिएका छन् ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार साँझ ८ बजेसम्ममा १४ सय ९३ नयाँ कोभिड-१९ संक्रमित पुष्टि भएका छन् ।
सोमबारनै कोरोना भाइरसबाट बिरामी भएका थप ३० जना संक्रमितको निधन भएको छ ।
यो सहित जापानमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २४ सय नाघेको छ । अझै कोरोना भाइरस संक्रमण पुष्टि भएका ५ सय ३० जना बिरामी देशभर गम्भिर अवस्थामा उपचाररत छन् ।
हालसम्म संक्रमित पुष्टि भएकामा १ लाख ३७ हजार ५ सय भन्दा धेरै व्यक्ति संक्रमण मुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।