टोकियो, जापान ।
कोरोना भाइरस संक्रमण महामारिको उच्च चरणमा प्रवेश गरेको जापानमा यसको मुख्य संक्रमणस्थल राजधानी टोकियो बन्दै गएको छ ।
एकपछि अर्को खराब किर्तिमानी संक्रमण थपिने क्रममा डिसेम्बर ५ तारिख शनिबार अहिलेसम्मकै सर्वाधिक संक्रमित पुष्टि भएका छन् ।
टोकियो महानगरका अनुसार शनिवार दिउँसो ३ बजेसम्ममा ५ सय ८४ जनामा कोभिड-१९ भाइरस संक्रमण पाईएको छ ।
महानगरको तथ्यांक अनुसार टोकियोमा ५७० भन्दा बढी संक्रमित पाईएको यो पहिलो पटक हो । यसअघि नोभेम्वर २७ तारिखमा ५७० जना संक्रमित भेटिएका थिए ।
आज पुष्टि भएका सहित टोकियोमा कोरोना भाइरसबाट संक्रमित भएकाको संखया ४३ हजार ३ सय ७७ पुगेको छ ।
टोकियोमा मात्र कोरोना भाइरस संक्रमणबाटै ज्यान गुमाएकाको संख्या ५ सय नाघिसकेको छ ।
यस बाहेक संक्रमित पाईएका ३८ हजार ४ जना निको भएर डिस्चार्ज भइसकेको महानगरले जारी गरेको विवरणमा उल्लेख छ ।