(Japan) 24 th August | 2026 | Monday | 11:51:42 AM || (Nepal) 8:36:42 AM
 
 


जापानमा कोरोनाले ज्यान जाने र सक्रिय बिरामीको नयाँ रेकर्ड, संक्रमणको खतरा उच्च स्तरमा

Jack khadka   POSTED ON : Saturday, 05 December, 2020 | Views : 4132

जापानमा कोरोनाले ज्यान जाने र सक्रिय बिरामीको नयाँ रेकर्ड, संक्रमणको खतरा उच्च स्तरमा


टोकियो, जापान ।

डिसेम्बर ४ तारिख २,४४२ जना कोभिड-१९ संक्रमित पुष्टि भएका छन ।

जापानमा संक्रमितको संख्या खतराको उच्च स्तरमा फैलदैगर्दा यसबाट ज्यान गुमाउनेको नयाँ रेकर्ड बन्ने र भंग हुनेक्रम बढेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको ताजा तथ्यांक अनुसार शुक्रबार एकैदिन देशभर गरेर ४५ जना कोरोना भाइरसका बिरामीको निधन भएको छ ।

जापानमा कोरोना संक्रमणबाट एकैदिन यतिधेरै संख्यामा ज्यान गएको यो पहिलो पटक हो । यसअघी सर्वाधिक निधनको संख्या डिसेम्बर १ तारिख बनेको थियो । उक्तदिन ४३ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

देशभर दैनिक संक्रमितको संख्यामा बृद्दिसंगै गम्भिर कोरोनाका बिरामी बढ्न थालेका छन । जसका कारण मृतकको संख्या पनि बढ्न थालेको छ ।

शुक्रबार अबेरसम्ममा जापानमा कोरोना संक्रमित भएर उपचाररत ५०५ जना गम्भिर अवस्थामा पुगेका छन ।

गम्भिर बिरामीको यो संख्या जापानमा कोरोना महामारि यताकै धेरै हो ।

जापानभर सक्रिय कोरोनाका बिरामी पनि बढेका छन । यो संख्या शुक्रबार रात ११ बजेसम्ममा २५ हजार पुगेको छ । जापानमा सक्रिय कोरोनाका बिरामीको संख्या २५ हजार पुगेको यो पहिलोपटक हो ।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार जापानमा कोरोना संक्रमितको संख्या १५९,१२३ पुगेको छ ।

यसमा २,३१९ जना संक्रमितको निधन भएको छ ।

अर्कोतर्फ संक्रमितको कुल संख्यामा १३१,८३५ जना कोरोना संक्रमणलाई जितेर स्वास्थ्यलाभ गरेर फर्किएका छन ।