(Japan) 24 th August | 2026 | Monday | 11:52:35 AM || (Nepal) 8:37:35 AM
 
 


टोकियोमा आज ४४९ जना कोरोना संक्रमित थप

  POSTED ON : Friday, 04 December, 2020 | Views : 2910

टोकियोमा आज ४४९ जना कोरोना संक्रमित थप


टोकियो, जापान ।

जापानको राजधानी टोकियोमा डिसेम्बर ४ तारिख ४४९ जना नयाँ कोरोना भाइरस संक्रमित बिरामी पुष्टि भएका छन् ।

टोकियो महानगरका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्ममा पुष्टि भएका सहित जापानमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२ हजार ७ सय ८३ पुगेको छ ।

टोकियोमा लगातार ४ सय भन्दा धेरै नयाँ संक्रमित पुष्टि भएको शुक्रबार तेस्रो दिन हो । यसअघि हिजो भने ५ सय ३३ जना संक्रमित पाईएका थिए ।

टोकियोमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ५०१ जनाको निधन भएको छ ।

संक्रमित मध्ये ३७,६६९ जना कोरोनाका बिरामी निको भईसकेको महानगरले जनाएको छ ।