(Japan) 24 th August | 2026 | Monday | 11:53:17 AM || (Nepal) 8:38:17 AM
 
 


टोकियोमा आज ५३३ जना कोरोना संक्रमित थपिए, ५ सय जनाको निधन

  POSTED ON : Thursday, 03 December, 2020 | Views : 3272

टोकियोमा आज ५३३ जना कोरोना संक्रमित थपिए, ५ सय जनाको निधन


टोकियो, जापान ।

दैनिक संक्रमितको संख्यामा उच्च रेकर्ड रहँदै आएको राजधानी टोकियोमा आज ५३३ जना नयाँ कोरोना भाइरसका बिरामी पुष्टि भएका छन् ।

टोकियो महानगरका अनुसार दिउँसो ३ बजेसम्ममा आज पुष्टि भएका सहित टोकियोमा कुल संक्रमितको संख्या ४२ हजार ३ सय ४४ पुगेको छ ।

टोकियोमा आज बिहानसम्ममा कोरोना भाइरस संक्रमणबाट ५०० जनाको निधन भएको महानगरले जनाएको छ ।

कुल संक्रमित मध्ये ३७ हजार ३ सय ४८ जना भने निको भएर डिस्चार्ज भईसकेका छन् ।