(Japan) 26 th August | 2026 | Wednesday | 11:26:19 PM || (Nepal) 8:11:19 PM
 
 


जापानमा सक्रिय कोरोनाका बिरामी २४ हजार-मंगलबार २,४३४ जना संक्रमित, ३२ को निधन

  POSTED ON : Thursday, 03 December, 2020 | Views : 2512

जापानमा सक्रिय कोरोनाका बिरामी २४ हजार-मंगलबार २,४३४ जना संक्रमित, ३२ को निधन


टोकियो, जापान ।

दिनप्रतिदिन कोरोना भाइरस संक्रमण बृद्दि हुँदै गएको जापानमा सक्रिय संक्रमित थपिने क्रम पनि बढ्दो पाइएको छ ।

यसैक्रममा मंगलवार डिसेम्बर २ तारिख जापानमा २,४३४ नयाँ कोभिड-१९ बिरामी थपिएका छन ।

यस बाहेक एकैदिन ३२ जना कोरोनाका बिरामीले ज्यान गुमाएका छन ।

ताजा तथ्यांक अनुसार मंगलबार रात ११ बजे सम्ममा जापानमा कुल कोरोनाका बिरामीको संख्या १५४,१६८ पुगेको छ ।

जसमा १५३,४५६ जना घरेलु र ७१२ योकोहामा क्रुजका संक्रमित समेत रहेका छन ।

संक्रमित मध्ये २२ सय ३८ जनाको मृत्‍यु हुँदा घरेलु कोरोनाका बिरामी २,२२५ र १३ क्रुजका यात्रि समाबेश छन ।

अझै उपचार गराइरहेका ४८८ जना गम्भिर अवस्थामा भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अर्कोतर्फ कुल संक्रमितमा १२७,९६३ ब्यक्ती स्वस्थ भएर घर फर्किसकेका छन । निको हुनेमा ६५९ क्रुजका यात्रु र जापान भित्रै कोरोना संक्रमित भएका १२७,३०४ जना रहेका छन ।

समग्रमा हाल जापानको सक्रिय कोरोना भाइरस संक्रमितको संख्या २३ हजार ९ सय ६७ पुगेको छ ।