(Japan) 26 th August | 2026 | Wednesday | 11:29:16 PM || (Nepal) 8:14:16 PM
 
 


जापान अपडेट-नयाँ १,४३९ सहित कोरोना संक्रमित १ लाख ५० हजार पुगे !

  POSTED ON : Tuesday, 01 December, 2020 | Views : 3782

जापान अपडेट-नयाँ १,४३९ सहित कोरोना संक्रमित १ लाख ५० हजार पुगे !


टोकियो, जापान ।

जापानमा नोभेम्वर ३० तारिख नयाँ १,४३९ जना कोरोना भाइरस संक्रमित थप र २६ जना बिरामीले ज्यान गुमाएका छन् ।

थपिएका नयाँ संक्रमितसँगै जापानमा कुल संक्रमितको संख्या करिव एक लाख ५० हजार पुगेको छ ।

रात ११ बजेसम्मको तथ्यांक अनुसार जापानमा घरेलु कोरोनाका बिरामीको संख्या १ लाख ४९ हजार २ पुगेको छ ।

स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार योकोहामा डाइमण्ड प्रिन्सेस क्रुजका ७१२ सहित कुल संक्रमितको संखया १४९,७१४ जना पुगेको छ ।

ज्यान गुमाउनेमा घरेलु २,१५२ र क्रुजका १३ गरि हालसम्म २,१६५ जनाको निधन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सोमबार देशभर ४७ मध्ये ४१ प्रिफेक्चरमा संक्रमित पुष्टि भएका छन् । एअरपोर्ट क्वारिन्टिनमा नयाँ १० सहित कुल संक्रमितको संख्या १,५२४ पुगेको छ ।

जापानमा कोरोना संक्रमणबाट गम्भिर अवस्थामा पुगेका बिरामीको संख्या ४७२ पुगेको छ ।

निको हुनेतर्फ हालसम्म घरेलु संक्रमित मध्ये १२३,४४५ र क्रुजका ६५९ गरि हालसम्म १ लाख २४ हजार १ सय ४ जना उपचार पश्चात डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

गत नोभेम्वर २६ तारिख जापानभर गरेर ३७ हजार १ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।