टोकियो, जापान ।
कोरोना भाइरस संक्रमणको फैलावटको कारण जापानमा मानिसको जीवन नाटकीय रूपमा परिवर्तन भएको पाइएको छ ।
एक सर्बेक्षणले मानिसको निद्राको गुणस्तर बिग्रिएको पाइएको छ । सर्बेक्षण अनुसार ५ जनामा कम्तिमा एक जनाको कोरोना महामारिपछि निन्द्रा बिग्रिएको छ ।
गत जुलाई महिनामा ‘वुमन वेलनेस स्टडी ग्रुप’ ले गरेको सर्बेक्षणमा यस्तो नयाँ तथ्य फेला परेको हो । सर्बेक्षण गर्ने यो सस्था डाक्टरहरू र स्वास्थ्य सम्बन्धी जानकारी दिने कम्पनीहरु मिलेर बनेको बताइएको छ ।
टोकियो महानगर क्षेत्रमा बसोबास गर्ने ८८२ जना मानिसहरुलाई कोरोनामा निद्राको अवस्था बारेमा सर्वेक्षण गरिएको थियो ।
जसमा २२.३ % उत्तरदाताहरूले कोरोना संक्रमण सुरु भएपछि निद्राको गुणस्तर ‘एकदम नराम्रो’ भएको उत्तर दिएका थिए । यसरी निन्द्रा थोरै मात्र भएपनि बिग्रिएको ५ जनामा १ जनाले बताएका छन ।
४०.९ % ले भने कि ऊनिहरुको निन्द्रा ‘पहिले जस्तो नै खराब’ रहेको छ । ६० % भन्दा बढी उत्तरदाताहरूले उनीहरूको निद्राको गुणस्तर कमजोर रहेको महसुस गरेको बताएका छन ।
खराब निद्राका पीडित धेरैले तिनीहरू हल्का मात्र निदाएको बताएका छन । यसैगरी मध्य रातमा धेरै पटक ब्युंझने, निदाएपछि पनि ननिदाए जस्तो थाक्ने, गहिरो निद्रा नआउने समस्या सुनाएका छन ।
यसको प्रमुख कारणको रूपमा सबैको सामान्य उत्तर ‘चिन्ता र तनावको सोच विचार’ भएको बताएका छन ।
जसका कारण धेरैलाई ढिलो निद्रा लाग्ने र ढिलो ब्यूँझने समस्या परेको छ । सर्वेक्षणको पर्यवेक्षण गर्ने मनोचिकित्सा र न्युरोलोजी राष्ट्रिय केन्द्रका निर्देशक केन कुरियामाले कोरोना प्रकोपले विचलित जीवनलाई लय समायोजन गर्नु महत्त्वपूर्ण भएको बताएका छन । विशेष रूपमा सुत्ने र उठ्ने समय तालिका निश्चित हुनुपर्ने/बनाउनु पर्ने उनको सुझाव छ ।
सुत्ने समय मिलाउन तथा निन्द्रा पार्न सुत्नुअघि केहिसमय बालकनी/हावामा टहल्न तथा बिहानको पारिलो घाममा समय बिताउन कुरियामाले सुझाब दिएका छन । यसबाहेक राती सुत्नु १ देखी २ घण्टा अघी ४० डिग्री जत्तिको तातो पानीमा नुहाउन र बफ्याइएको (स्टिम) तौलियाले अनुहारमा छोपेर बाफ लिएमा सजिलोसँग निन्द्रा लाग्ने र नियमित निन्द्रा पार्न सहयोग हुने सल्लाह कुरियामाको छ ।
सुत्नुअघी कामको ईमेल लगायत कागजात हेर्नेबानी त्याग्न र अध्यारोमा संगीत सुनेर आराम गर्न समेत नियमित निन्द्रा नपरेकाहरुको लागि सुझाव दिइएको छ ।