(Japan) 26 th August | 2026 | Wednesday | 11:29:12 PM || (Nepal) 8:14:12 PM
 
 


जापानमा आईतबार कोरोना संक्रमित संख्या कम जोखिम उस्तै-२,०६६ नयाँ संक्रमित, ४६६ जना गम्भिर

Jack khadka   POSTED ON : Monday, 30 November, 2020 | Views : 2968

जापानमा आईतबार कोरोना संक्रमित संख्या कम जोखिम उस्तै-२,०६६ नयाँ संक्रमित, ४६६ जना गम्भिर


टोकियो, जापान ।

नयाँ कोरोना भाइरसबाट संक्रमित भएर गम्भिर अवस्थामा पुगेका बिरामीको संख्या जापानमा अहिलेसम्मकै धेरै पुगेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार नोभेम्वर २९ तारिख आईतबार रात ११ बजेसम्ममा कोभिड १९ संक्रमित ४६६ जना बिरामी चिन्ताजनक अवस्थामा पुगेका छन् ।

संक्रमित भएर आईतबार मात्रै गम्भिर अवस्थामा पुग्नेको संख्या २२ जना थपिएको विवरणमा उल्लेख छ ।

संक्रमण तर्फ जापानमा आईतबार २,०६६ जना नयाँ संक्रमित पुष्टि भएका छन् । जापानमा केहीदिन यता लगातार २५ सय भन्दा बढी सक्रमित पाईंदा यो संख्या केही कम देखिएपनि जोखिम भने उस्तै खतराको उच्च स्तरमै पाईन्छ ।

हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ४८ हजार २ सय ८० पुगेको छ । यसमा घरेलु संक्रमित १४७,५६८ र योकोहामा डाइमण्ड प्रिन्सेस क्रुजका ७१२ संक्रमित रहेका छन् ।

आईतबार नै देशभर गरेर १६ जना कोरोना भाइरस संक्रमित बिरामीले ज्यान गुमाएका छन् ।

जापानभर हालसम्म कोरोना संक्रमणबाट २,१२६ जना घरेलु संक्रमितको निधन भएको छ । यसैगरि योकोहामा क्रुजका १३ सहित कोरोना संक्रमणबाट निधन हुने कुल संक्रमितको संख्या २१ सय ३९ पुगेको छ ।

आईतबार जापानभर गरेर ३९ प्रिफेक्चरमा कोरोना संक्रमित पुष्टि हुँदा बिमानस्थल क्वारिन्टनमा १५ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।

जापानमा हालसम्म कोरोना भाइरसबाट संक्रमित भएका मध्ये १ लाख २२ हजार ५ सय ५० जना संक्रमण मुक्त भएर निको भइ फर्किएका छन् । जसमा घरेलु संक्रमित १२१,८९१ र क्रुजका ६५९ रहेका छन् ।

गत नोभेम्वर २६ तारिख जापानभर गरेर ३७ हजार १ सय ७७ जनाको कोरोना संक्रमणको पीसीआर परीक्षण गरिएको थियो ।