टोकियो, जापान ।
एकैदिनमा सर्वाधिक कोरोना संक्रमितको रेकर्ड बन्ने र तोडिने क्रम बढ्दै गएको जापानमा शनिबार अर्को नयाँ किर्तिमान बनेको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको नोभेम्बर २८ तारिखको तथ्यांक अनुसार २,६८४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
यो संख्या जापानमा एकैदिन संक्रमित पाइएको अहिलेसम्मकै धेरै हो । यसअघी नोभेम्बर २१ तारिखमा २,५९१ जना संक्रमित पाइएका थिए ।
यो अवधिमा देशभर गरेर रात ११ बजेसम्ममा १४ जना कोरोना संक्रमितको निधन भएको छ ।
नयाँ सहित जापानमा कोरोना भाइरसबाट संक्रमितको संख्या १४६,२१४ पुगेको छ ।
यसमा २,१२३ जना कोरोना संक्रमितले हालसम्म ज्यान गुमाएका छन ।
हाल देशभर उपचार गराइरहेका ४४० जनाको अवस्था गम्भिर रहेको छ ।
कुल संक्रमितमा १२६,९१८ जना भने उपचार पश्चात निको भएर फर्किएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
गत २६ तारिखमा देशभर गरेर ३७,१७७ जनाको पीसीआर परीक्षण गरिएको थियो ।