टोकियो, जापान ।
हिजो अहिलेसम्मकै उच्च कोरोना संक्रमण रेकर्ड राखेको टोकियोमा आजपनि सोही हाराहारीमा संक्रमित पुष्टि भएको छ ।
टोकियो महानगरका अनुसार नोभेम्वर २८ तारिख दिउँसो ३ बजेसम्ममा ५६१ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् । टोकियोमा आज भेटिएको कोरोना संक्रमितको संख्या हालसम्मको दोस्रो सर्वाधिक संख्या हो ।
यसअघि हिजो टोकियोमा अहिलेसम्मकै धेरै ५८५ जनामा संक्रमण पाईएको थियो ।
टोकियोमा हाल उपचार गराईरहेका ६७ जना संक्रमितको अवस्था गम्भिर रहेको महानगरले जनाएको छ । यो संख्या आपतकाल हटाएयताकै सर्वाधिक हो ।
टोकियोमा आज सहित कोरोना संक्रमितको संख्या ४० हजार पार गर्दै ४०,२१० पुगेको महानगरको तथ्यांकमा उल्लेख छ ।