नारा, जापान ।
जापानको नारा मेडिकल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एक अनुसन्धानले 'ओच्या, ग्रिन टि' आदिले कोरोना भाइरस ९९ प्रतिशतसम्म मार्ने दाबी गरेका छन् ।
नारा प्रिफेक्चरको काशिहारा शहरमा रहेको नारा मेडिकल युनिभर्सिटीले २७ तारिखमा आफ्नो अनुसन्धान प्रभावकारीताको घोषणा गर्दै व्यावसायिक रूपमा उपलब्ध चियाको साथ भाइरसलाई डुबाउँदा मिलाउँदा यसको प्रभाव पुष्टि भएको जनाएको छ ।
यद्यपि आधारभूत अनुसन्धानले त्यस्तो चिया पिउँदा कोरोना संक्रमण हटेको वा घटेकोबारे मानिसमा प्रभावको पुष्टि गरेको छैन ।
तर चियाको एक मिनेट सम्पर्कमा आएको भाइरसले ९९ प्रतिशत आफ्नो सक्रियता गुमाउने अनुसन्धानकर्ताको भनाई छ । विज्ञ अनुसन्धानकर्ताहरुले कोरोना संक्रमण बिरूद्धको यो एउटा उपाय हुने अपेक्षा व्यक्त गरेका छन् ।
अनुसन्धानकर्ताहरुले कोरोना संक्रमणको असरलाई कम गर्ने मात्रा चियाको उत्पादकको प्रभावमा भर पर्ने समेत बताएका छन् । उनिहरुले चिया निर्माताको अनुमतिमा उत्पादकको नाम प्रकाशित गर्ने बिचार रहेको जानकारी दिएका छन् ।
यस्तो परिक्षण प्रयोग नारा मेडिकल युनिभर्सिटीका प्राध्यापक तोशिकाजु यानो ९माइक्रोबायल ईन्फेक्सस डिजिज को एक अनुसन्धान टोलीले गरेको थियो ।
कोरोना संक्रमण कम गर्ने यस्तो प्रयोगमा करीव १० वटा उत्पादनहरू जस्तै ग्रीन टि र पेट बोतलहरूको कालो चिया प्रयोग गरिएको थियो ।
यस्तो प्रयोग सबैभन्दा प्रभावकारी पाएको थियो कालो चिया, जुन चियाको पातबाट बनाइएको थियो । जसमा कोरोना भाइरस राख्दा १ मिनेटमा सय भागको एक भाग र १० मिनेटमा हजार भागको एक भाग मात्र संक्रमण बाँकी पाईएको थियो ।
प्राध्यापक यानोले चियाको असर कोरोना संक्रमण बिरुद्ध मानिसमा पर्ने सम्भावनाको रुपमा रहेको बताए । 'क्याटेचिनको प्रभाव इन्फ्लूएन्जामा निश्चित भइसकेको छ र चिया पिए पनि यस्तै प्रभावको आशा गर्न सकिन्छ'-यानोले भने ।
प्रोफेसर यानोका अनुसार क्याटेचिनले इन्फ्लूएन्जा भाइरस जस्ता सतहमा फैलिएका प्रोटीन संक्रमण हटाउँछ र चियाको पनि नयाँ कोरोना भाइरस बिरुद्ध यस्तै प्रभावकारिताको आशा गर्न सकिन्छ ।
...
सान्केई सिम्बुन