(Japan) 26 th August | 2026 | Wednesday | 11:28:47 PM || (Nepal) 8:13:47 PM
 
 


टोकियोमा कोरोना संक्रमित बढेपछी बिरामी राख्न नयाँ अस्पताल खोलिंदै

  POSTED ON : Saturday, 28 November, 2020 | Views : 2730

टोकियोमा कोरोना संक्रमित बढेपछी बिरामी राख्न नयाँ अस्पताल खोलिंदै


टोकियो, जापान ।

नयाँ कोभिड-१९ संक्रमित ब्यापक बृद्दिले हालको अवस्थामा उपचार धान्न मुस्किल परेपछि टोकियोले नयाँ अस्पताल खोल्ने भएको छ ।

टोकियोले विशेषगरी कोरोना भाइरसका संक्रमितहरुको उपचारका लागि मात्रै दोस्रो अस्पताल खोल्न लागेको हो । यस अस्पतालमा कोभिड–१९ का सामान्य र मध्यम खालका लक्षण देखा परेका बिरामीहरुको उपचार हुनेछ ।

फुचु शहरमा रहेको स्वास्थ्य हेरचाह केन्द्रको पुनःनिर्माण गरेर बनाइएको यो अस्पताल डिसेम्बर १६ देखि सञ्चालनमा आउनेछ । यो टोकियो महानगर तामा मेडिकल सेन्टरको हिस्साको रुपमा सञ्चालित हुनेछ ।

यस अस्पतालले नर्सिङ हेरचाह चाहिने वृद्धवृद्धा र जापानी वा अंग्रेजी भाषा बोल्न नसक्ने बिरामीहरुलाई पनि हेर्नेछ ।

अहिले अस्पतालका सयमध्ये ३२ शैयाको प्रयोग गरिनेछ । टोकियोमा यस अघि शिबुया वडाको टोकाई युनिभर्सिटी टोकियो हस्पिटलमा ६० शैयाको पहिलो कोरोना अस्पताल खुलेको थियो ।