(Japan) 26 th August | 2026 | Wednesday | 11:27:55 PM || (Nepal) 8:12:55 PM
 
 


टोकियोमा कोरोना महामारी चरमोत्कर्षमा ! आज थपिए ४८१ संक्रमित

Prakash Panta   POSTED ON : Thursday, 26 November, 2020 | Views : 2908

टोकियोमा कोरोना महामारी चरमोत्कर्षमा ! आज थपिए ४८१ संक्रमित


टोकियो, जापान ।

राजधानी टोकियोमा लगातार दोस्रो दिन ४ सय भन्दा धेरै कोरोनाका बिरामी पुष्टि भएका छन् ।

टोकियो महानगरका अनुसार नोभेम्वर २६ तारिख दिउँसो ३:३० बजेसम्ममा ४८१ जना नयाँ कोभिड-१९ भाइरस संक्रमित थपिएका छन् ।

यसअघि हिजो पनि टोकियोमा ४ सय संक्रमित नाघेको थियो ।

आज थपिएका सहित टोकियोमा कोरोना संक्रमितको संख्या ३९ हजार ७९ जना पुगेको छ । संक्रमित पाईएकामा १० देखी ९० बर्ष उमेर समुहका रहेका छन् ।

टोकियोमा हाल गम्भिर कोरोना संक्रमितको संख्या ६० पुगेको छ ।

टोकियोमा गम्भिर कोरोना संक्रमितको संख्या आपतकाल घोषणा गरिएताकै उच्च हो ।