टोकियो, जापान ।
राजधानी टोकियो कोरोना संक्रमणको उच्च जोखिम क्षेत्र बन्दै जाँदा दैनिक संक्रममणको दरमा लगातार बृद्धि भएको छ ।
टोकियो महानगरका अनुसार आज दिउँसो ३ बजेसम्ममा टोकियोमा ४ सय १ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् ।
टोकियोमा नोभेम्वर २१ पछि ४ सय संक्रमित नाघेको आज पहिलो पटक हो ।
टोकियोमा नोभेम्वर २५ तारिख थपिएका सहित कुल कोरोना भाइरसका संक्रमितको संख्या ३८ हजार ५ सय ९८ पुगेको छ ।
हालसम्म ४ सय ७९ जनाको कोरोना संक्रमणबाट निधन भईसकेको टोकियोमा अझै ५१ जना संक्रमितको गम्भिर अवस्थामा उपचार भईरहेको छ ।
महानगरको तथ्यांक अनुसार कोरोना संक्रमण भएका ३३ हजार ९ सय ६४ जना उपचार पश्चात निको भएर डिस्चार्ज भईसकेका छन् ।