(Japan) 26 th August | 2026 | Wednesday | 11:27:59 PM || (Nepal) 8:12:59 PM
 
 


फुकुओकामा पनि 'बर्ड फ्लू' भेटियो

Jack Khadka   POSTED ON : Wednesday, 25 November, 2020 | Views : 3246

फुकुओकामा पनि 'बर्ड फ्लू' भेटियो


फुकुओका, जापान ।

फुकुओका प्रिफेक्चरको मुनाकाता शहरमा रहेको एक कुखुरा पालन केन्द्रमा बर्डफ्लु फैलिएको फेला परेको छ ।

यसअघि कागावा प्रिफेक्चरमा दुई बर्षपछि बर्डफ्लुका कारण कुखुरा मर्नथालेपछि लाखौं कुखुरा नष्ट गरिएकोमा फुकुओकामा नोभेम्वर २४ तारिख मंगलबार बर्ड फ्लू पुष्टि भएको हो ।

समाचार अनुसार ९० हजार कुखुरा पालन हुँदै आएको एउटा पोल्ट्री फार्ममा बर्ड फ्लु पुष्टि भएपछि सबै कुखुरा नष्ट गरिन थालिएको छ ।

एकपछि अर्को गरेर भटाभट कुखुरा मर्न थालेपछि परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको पोल्ट्री फार्म सञ्चालकले बताएका छन् ।

फुकुओका प्रिफेक्चरका अधिकारीहरुले पोल्टी फार्ममा ९३,५०० कुखुरा पाईएको र तीन दिन भित्रमा सुरक्षित तवरले नष्ट गरिने बताएका छन् । यस बाहेक उक्त कुखुरा पालन केन्द्रको तीन किलोमिटर आसपासमा संक्रमण फैलनसक्ने जोखिमलाई मध्यनजर गर्दै चेकजाँच अघि बढाईएको छ ।

फुकुओका प्रशासनले तत्कालको लागि बर्ड फ्लू पुष्टि भएको १० किलोमिटर भित्र कुखुरा तथा अण्डाजन्य वस्तु आयात र निर्यातमा रोक लगाएको छ ।

फुकुओकामा बर्ड फ्लू संक्रमण पुष्टि भएको यो नै पहिलो पटक भएको फुकुओका प्रिफेक्चरका अधिकारीहरुले बताएका छन् ।

अहिले कृषि मन्त्रालय, वन तथा मत्स्यपालनले खटाएको विशेषज्ञ टोलीले सो क्षेत्रमा बर्ड फ्लू संक्रमण भएको पोल्टी फार्मलाई सुरक्षित बनाउने र संक्रमण फैलिएको हुनसक्ने क्षेत्रको पहिचान गर्नेकाम थालेको छ ।