टोकियो, जापान ।
नयाँ कोरोना भाइरसबाट संक्रमित भएर गम्भिर बिरामी भएकाको संख्या बढेर जापानमा अहिलेसम्मकै उच्च किर्तिमान बनेको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार नोभेम्वर २४ तारिख मंगललबारसम्ममा गम्भिर बिरामीको संख्या ३ सय ४५ पुगेको छ ।
मंगलबार मात्रै १४ जना कोरोनाका बिरामी गम्भिर अवस्थामा पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
जापानमा मंगलबार रात १० बजेसम्ममा १२ सय २८ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् ।
थपिएका सहित कुल कोरोनाका संक्रमित १ लाख ३६ हजार ५ सय ५८ पुगेको छ ।
मंगलबारनै १९ जना कोरोनाका बिरामीको निधन भएको छ । यो सहित मृतकको संख्या बढेर २ हजार २८ पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
संक्रमित मध्ये हालसम्म १ लाख १३ हजार ९ सय ९९ जना निको भएर डिस्चार्ज भईसकेका छन् ।