(Japan) 19 th April | 2024 | Friday | 3:38:17 AM || (Nepal) 12:23:17 AM
 
 


जापानमा थपिए २,१६८ नयाँ कोरोना संक्रमित, २ हजार जनाको निधन

Sajina Moktan   POSTED ON : Monday, 23 November, 2020 | Views : 3552

जापानमा थपिए २,१६८ नयाँ कोरोना संक्रमित, २ हजार जनाको निधन


टोकियो, जापान ।

नोभेम्वर २२ तारिख आईतबार जापानमा २१ सय ६८ जना नयाँ कोरोनाका बिरामी पुष्टि भएका छन् ।

विभिन्न प्रिफेक्चरमा पुष्टि भएका संक्रमितको तथ्यांक अनुसार साँझ ८ बजेसम्ममा संक्रमित संख्या २१ सय नाघेको हो । यसैगरि ७ जना संक्रमितको निधन भएको तथ्यांक हालसम्म प्राप्त भएको छ ।

आईतबार पनि संक्रमितको उच्च संख्या राजधानी टोकियो र मुख्य शहर क्षेत्रमा देखिएको छ । विशेषगरि राजधानी टोकियो आसपासका प्रिफेक्चरमा संक्रमण फैलंदो क्रममा देखिएको छ ।

तथ्यांक अनुसार ओसाका ४९०, टोकियो ३९१, होक्काईदो २४५, खानागावा १६३, आईची १४४, ह्योगो १३९, साईतामा ११५, चिबा ८०, ईबाराकी ४५, शिगा ४४, ओकिनावा ३२, फुकुओका ३० सहित कुल ४० प्रिफेक्चरमा संक्रमित फेला परेका छन् ।

यसैगरि एयरपोर्ट क्वारिन्टिनमा १२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

जापानमा यो सहित कुल कोरोना संक्रमितको संख्या १ लाख ३३ हजार ८ सय २९ पुगेको छ ।

संक्रमित मध्ये कोरोना भाइरसबाटै बिरामी भएर निधन हुनेको संख्या २ हजार पुगेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार हाल उपचार गराईरहेका संक्रमित मध्ये ३ सय २३ जनाको अवस्था गम्भिर रहेको छ ।

कुल संक्रमित मध्ये हालसम्म १ लाख ११ हजार ८ सय २२ जना निको भएर सामान्य अवस्थामा फर्किसकेका छन् ।

...

श्रोत : एनएचके