(Japan) 24 th August | 2026 | Monday | 8:06:43 PM || (Nepal) 4:51:43 PM
 
 


कोरोना उपचारमा रेम्डेसिभिर ! विश्व स्वास्थ्य संगठन 'काम गर्दैन' जापानी डाक्टर भन्छन् 'प्रभावकारी छ'

  POSTED ON : Monday, 23 November, 2020 | Views : 3484

कोरोना उपचारमा रेम्डेसिभिर ! विश्व स्वास्थ्य संगठन 'काम गर्दैन' जापानी डाक्टर भन्छन् 'प्रभावकारी छ'


टोकियो, जापान ।

जापानमा उत्पादिन ईन्फ्लुएन्जा बिरामीलाई प्रयोग गरिने रेम्डेसिभिर औषधीको प्रभावकारीताबारे थप अन्यौलता देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले रेम्डेसिभिरले कोरोना संक्रमितको उपचारमा कुनै प्रभावकारी काम गरेको प्रमाण नरहेको बताईरहँदा कोभिड–१९ का गम्भीर बिरामीहरुमा एन्टिभाइरल औषधि रेम्ड़ेसिभिर प्रभावकारी रहेको विश्वास जापानका स्वासप्रश्वाससँग सम्बन्धित विज्ञ डाक्टरले गरेका छन् ।

टोकियोस्थित जापानी रेडक्रस मेडिकल सेन्टरमा इजुमो ताकेहिरोले यस्तो बताएका हुन् ।

जापान सरकारले रेम्ड़ेसिभिर प्रयोगको अनुमति दिए यता आफूले कोभिड–१९ का ४० बिरामीमा सो औषेधिको प्रयोग गरेको उनको भनाइ छ । औषधिको सेवनले बिरामीको बाँच्ने दर सुध्रिएको र भेनिटलेटरबाट बाहिरिन समेत मद्दत गरेको उनले बताए ।

औषधि महगो भएकोले विश्व स्वास्थ्य संगठनले सोको प्रयोग सिफारिस गर्न नमानेको हुन सक्ने उनको भनाइ छ । प्रति बिरामीको लागि यसको लागत करीब २ हजार ४०० डलर पर्न आउँछ ।

पैसा भन्दा मानिसको जीवन बढी मूल्यवान भएको आफ्नो विश्वास रहेको उनले बताए । कोभिड–१९ को उपचारका लागि अर्को पद्दति उपलब्ध नभएसम्म आफ्नो अस्पतालले रेम्ड़ेसिभिर निरन्तर प्रयोग गर्ने समेत उनको भनाइ छ ।