(Japan) 24 th August | 2026 | Monday | 8:06:46 PM || (Nepal) 4:51:46 PM
 
 


कोरोना महामारिले ओसाकालाई अत्याउँदै, आज जापानमै सबैभन्दा धेरै संक्रमित पुष्टि

Prakash Panta   POSTED ON : Monday, 23 November, 2020 | Views : 5452

कोरोना महामारिले ओसाकालाई अत्याउँदै, आज जापानमै सबैभन्दा धेरै संक्रमित पुष्टि


ओसाका, जापान ।

कोभिड-१९ संक्रमण भयावह अवस्थामा देखिएको ओसाकामा आज राजधानी टोकियोमा भन्दा धेरै संक्रमित पुष्टि भएका छन् ।

साँझ ६ बजेसम्मको तथ्यांक अनुसार ओसाकामा नोभेम्वर २२ तारिख ४ सय ९० जना नयाँ कोरोनाका बिरामी थपिएका छन् ।

ओसाकामा ४ सय भन्दा धेरै कोरोना संक्रमित पुष्टि भएको यो लगातार दोस्रो दिन हो । हिजोपनि ओसाकामा ४१५ जना संक्रमित भेटिएका थिए । तर आज पुष्टि भएको संक्रमित संख्या ओसाकाको अहिलेसम्मकै धेरै हो । यसैगरि आज जापानमा कुनैपनि एउटै प्रिफेक्चरमा पुष्टि भएको संक्रमित संख्याको सर्वाधिक रेडर्क हो ।

जबकि आज राजधानी टोकियोमा केवल ३९१ नयाँ संक्रमित पुष्टि भएका छन् ।

ओसाकामा हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ४९ पुगेको छ । ओसाकामा २७७ जना कोरोनाका बिरामीले ज्यान गुमाईसकेका छन् । संक्रमित मध्ये १४ हजार २ सय ५० जना भने निको भएर डिस्चार्ज भईसकेका छन्