टोकियो, जापान ।
बिश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्ने नयाँ औषधी जापानी अनुसन्धान टोलिले बनाएको छ ।
जापानको एक अनुसन्धान टोलीले कोरोना भाइरसको संक्रमण रोक्ने औषधी (तरिका) को विकास गरेको जनाएको छ । भाइरसलाई मानिसको कोषको सतहमा रहेको रिसेप्टरमा टाँसिनबाट रोक्ने औषधी आफुहरुले बनाएको दाबी बिज्ञ टोलीको छ ।
टोलीमा क्योतो प्रिफेक्चरल यूनिभर्सिटी अफ मेडिशिन समेत संलग्न रहेको छ । समूहले यही प्रोटिन राखेर बनाइएको औषधिको व्यवहारिक प्रयोगका लागि क्लिनिकल परीक्षण आर्थिक वर्ष २०२१ भित्र शुरु गर्ने छ ।
कोरोना भाइरस मानिसको कोषको सतहमा रहेको एसटू रिसेप्टर प्रोटिनमा टाँसिएर मानिसलाई संक्रमित बनाउँछ । टोलीले एसटूलाई यो भन्दा सय गुणा धेरै सहजसँग टाँसिने प्रोटिन बनाएका थिए ।
समूहका अनुसार नयाँ एसटू प्रोटिनमा आधारित औषधिले भाइरसको संक्रमण क्षमता कम गर्ने र कोभिड–१९ का बिरामीहरुलाई गम्भीर बिरामी पर्नबाट रोक्ने छ । कोरोना भाइरसले सहजै रुप बदलिरहन्छ । त्यसैले एक पटक काम गरेको एन्टीबडी औषधि रुप परिवर्तन पछि अप्रभावकारी हुन सक्छ ।