(Japan) 24 th August | 2026 | Monday | 8:06:28 PM || (Nepal) 4:51:28 PM
 
 


सर्वाधिक रेकर्ड-जापानमा एकैदिन २२ सय कोरोना संक्रमित पुष्टि

  POSTED ON : Thursday, 19 November, 2020 | Views : 4330

सर्वाधिक रेकर्ड-जापानमा एकैदिन २२ सय कोरोना संक्रमित पुष्टि


टोकियो, जापान ।

नोभेम्बर १८ तारिख टोकियो, ओसाका, खानागावा लगायत आधा दर्जन बढी प्रिफेक्चरले कोभिड-१९ संक्रमितको रेकर्ड ब्रेक गर्दा समग्र जापानमै नयाँ किर्तिमान बनेको छ ।

खराब किर्तिमान राख्ने क्रममा जापानमा पहिलोपटक एकैदिनमा २ हजार कोरोनाका नयाँ बिरामी नाघेका छन । बुधवार रात ११ बजेसम्मको तथ्यांक अनुसार कम्तिमा २२ सय १ जना नयाँ संक्रमित पुष्टि गरिएको छ । जापानमा कोरोना भाइरस महामारी सुरु भएदेखिकै यो एकदिनमा भेटिएको सर्वाधिक कोरोना संक्रमितको संख्या भएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विवरण अनुसार बुधवार टोकियो ४९३, ओसाका २७३, होक्काइदो २३३, खानागावा २२६, आईची १४१, साइतामा १२६ र ह्योगो प्रिफेक्चरमा १०३ जना कोभिड-१९ बिरामी भेटिएका छन । समग्रमा ४७ मध्ये ५ वटा प्रिफेक्चरमा मात्र नयाँ कोरोनाका बिरामी पुष्टि भएका छैनन ।

बुधवार नै होक्काइदो ३, साइतामा २, आईची २, ह्योगो, मियागी, ओकायामा, हिरोसिमा र ओकिनावा प्रिफेक्चरमा एक एक जना गरेर कुल १३ जना कोरोना भाइरसका बिरामीले ज्यान गुमाएका छन ।

नयाँ थपिएका सहित जापानमा कोरोना संक्रमितको संख्या १ लाख २४ हजार २ सय ५६ पुगेको छ ।

संक्रमित मध्ये हालसम्म १ लाख ६ हजार ३ सय ५६ जना निको भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी १९ सय ४६ जना कोरोनाका बिरामीको निधन हुँदा 

अझै उपचार गराइरहेका २७६ जनाको अवस्था गम्भिर रहेको छ ।