(Japan) 24 th August | 2026 | Monday | 8:06:09 PM || (Nepal) 4:51:09 PM
 
 


शिजुओखामा आज कोरोना संक्रमणको किर्तिमानी रेकर्ड

  POSTED ON : Wednesday, 18 November, 2020 | Views : 5198

शिजुओखामा आज कोरोना संक्रमणको किर्तिमानी रेकर्ड


शिजुओखा, जापान ।

विद्यालय, रेष्टुरेण्ट र कम्पनीमा काम गर्ने कामदारको समुहमा कोरोना संक्रमण फैलिएपछि शिजुओखा प्रिफेक्चरमा आज कोरोना संक्रमितको संख्यामा किर्तिमान बनेको छ ।

शिजुओखा प्रिफेक्चरको शिजुओखा शहर र हामामाचु शहरमा गरेर नोभेम्वर १८ तारिख एकैदिन अहिलेसम्मकै धेरै ६० जना नयाँ कोरोनाका बिरामी पुष्टि भएका छन् ।

यसअघि यहाँ गत १४ तारिख सबैभन्दा धेरै ३६ जना संक्रमित क्लस्टरको रुपमा फेला परेका थिए ।

बुधवार दिउँसो २ बजेसम्ममा पुष्टि भएका मध्ये ३८ जना शिजुओका शहरका छन् । जसमा भाषा विद्यालय, कम्पनी, रेष्टुरेण्ट र काराओकेमा क्लस्टरको रुपमा संक्रमित पाईएको छ ।

यसैगरि आज पुष्टि भएका संक्रमितमा २२ जना हामामाचु शहरका छन् । यहाँ एन्सु अस्पतालमा उपचारार्थ भर्ना भएका हेल्थ केयर मार्फत संक्रमण फैलिएको पाईएको छ ।

शिजुओखा प्रिफेक्चरमा आज पुष्टि भएका सहित कुल कोरोना भाइरसबाट संक्रमित बिरामीको संख्या ९६९ पुगेको छ ।