(Japan) 24 th August | 2026 | Monday | 8:04:19 PM || (Nepal) 4:49:19 PM
 
 


निगातामा आज अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना संक्रमण

  POSTED ON : Tuesday, 17 November, 2020 | Views : 3424

निगातामा आज अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना संक्रमण


निगाता, जापान ।

निगाता प्रिफेक्चरमा क्लस्टरको रुपमा आज ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रिफेक्चरमा एकैदिन यतिधेरै संख्यामा कोरोना संक्रमित फेला परेको यो पहिलो घटना हो ।

एक बृद्धबृद्धा हेरचाह केन्द्रमा एक कामदार सहित ७० देखी ९० बर्ष उमेरबिचका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको निगाता प्रिफेक्चर अधिकारीहरुले बताएका छन् ।

निगाता प्रिफेक्चरमा आज पुष्टि भएका सहित कुल संक्रमितको संख्या २ सय ५६ पुगेको छ ।