ह्योगो, जापान ।
नयाँ कोरोना भाइरसबाट संक्रमितहरुको संख्या जापानभर बृद्धि हुने क्रममा ह्योगो प्रिफेक्चरमा आज अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् ।
प्रिफेक्चर अधिकारीहरुका अनुसार नोभेम्वर १७ तारिख मंगलबार दिउँसो २:३० बजेसम्ममा १ सय ७ जनामा कोभिड-१९ पोजेटिभ पाईएको छ ।
ह्योगोमा १ सय भन्दा धेरै कोरोना संक्रमित फेला परेको आज पहिलो पटक हो । यसअघि यहाँ सबैभन्दा धेरै ८१ जना संक्रमित गत १२ तारिखमा फेला परेका थिए ।
प्रिफेक्चर अधिकारीहरुका अनुसार आजसम्ममा ह्योगो प्रिफेक्चरमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढेर ४ हजार १ सय २१ पुगेको छ ।
ह्योगो प्रिफेक्चरमा जापानमा कोरोना संक्रमण सुरु भएयता आधा भन्दा धेरै संक्रमित पछिल्लो एक महिनामा थपिएका छन् ।