(Japan) 24 th August | 2026 | Monday | 8:03:55 PM || (Nepal) 4:48:55 PM
 
 


कोरोनाको भ्याक्सिनले ९५ प्रतिशत काम गरेको अमेरिकी कम्पनीको दाबी

  POSTED ON : Tuesday, 17 November, 2020 | Views : 2734

कोरोनाको भ्याक्सिनले ९५ प्रतिशत काम गरेको अमेरिकी कम्पनीको दाबी


एजेन्सी, टोकियो ।

कोरोना भाइरस विरुद्धको खोप निर्माण प्रयास गर्दै आएको एक अमेरिकी कम्पनीले आफुले बनाएको भ्याक्सिनले करिब ९५ प्रतिशत काम गर्ने दाबी गरेको छ ।

अमेरिकी औषधी उत्पादक कम्पनी मोडेर्नाले आफुहरुले बनाएको भ्याक्सिनले सोचेको भन्दा राम्रो नतिजा निस्केको दाबी गरेको छ । यद्यपी कम्पनीले  औषधीको अन्तिम नतिजा आउन अझै केही महीना लाग्ने बताएको छ ।

कम्पनीले वसन्त ऋतुभन्दा पछि मात्रै यो भ्याक्सिन सार्वजनिक हुनसक्ने जनाएको छ ।

यसअघि अर्को औषधी उत्पादक कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिनले ९० प्रतिशत प्रभावकारीता देखाएको दावी गरेको थियो । त्यसैगरि रसियन भ्याक्सिन कम्पनीले बनाएको भ्याक्सिनले ९२ प्रतिशत काम गरेको सार्वजनिक गरिएको थियो ।

मोडेर्नाको दाबी अनुसार कोरोना भ्याक्सिनमा उच्चतम सफलता प्राप्त गर्ने यो दोस्रो कम्पनी हो ।

यसअघि फाइजरले बीयोनटेक सँग मिलेर ९० प्रतिशत प्रभावकारीता भएको भ्याक्सिन बनेको बताएको थियो ।

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस संक्रमणको भ्याक्सिन अन्य करिव १ सय वटा कम्पनीले पनि काम गरिरहेका छन् । 

त्यसमध्ये एक दर्जन बढी कम्पनीका उत्पादनहरू तेस्रो चरणमा किल्निकल ट्रायलमा रहेका छन् ।

चौथो चरणमा ट्रायल पास भएपछि मात्र स्विकृत हुने हालसम्मका कुनैपनि भ्याक्सिनले काम गर्ने पुष्टि विश्वस्वास्थ्य संगठनले गरिसकेको छैन ।