(Japan) 24 th August | 2026 | Monday | 8:03:58 PM || (Nepal) 4:48:58 PM
 
 


हप्तादिनपछि जापानमा कोरोना संक्रमित हजार भन्दा कम, ६ को मृत्यु

Jack Khadka   POSTED ON : Tuesday, 17 November, 2020 | Views : 2360

हप्तादिनपछि जापानमा कोरोना संक्रमित हजार भन्दा कम, ६ को मृत्यु


टोकियो, जापान ।

लगातार हप्तादिन देखी हजार बढि हुँदै १७ सय माथि अहिलेसम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएको जापानमा सोमबार भने केही कम संक्रमित पुष्टि भएका छन् ।

हप्तादिनपछि पहिलो पटक एक हजार भन्दा कम कोभिड-१९ भाइरस संक्रमित हुँदा नोभेम्वर १६ तारिख ६ जना कोरोनाका बिरामीले ज्यान गुमाएका छन् ।

साँझ ७ बजेसम्मको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार जापानमा ९२३ जना कोरोनाका बिरामी पुष्टि भएका छन् । धेरै संक्रमित पाईएका प्रिफेक्चरमा आज टोकियो भन्दा होक्काईदो अगाडी देखिएको छ ।

तथ्यांक अनुसार होक्काईदो १८९, टोकियो १८०, साईतामा ८७, चिबा ७७, आईची ६३, खानागावा ६१, ह्योगो ४० र ओकिनावा २७ जना रहेको छ । कुल ४७ मध्ये ३३ प्रिफेक्चरमा कोरोनाका बिरामी पाईएका छन् ।

आज थपिएका सहित जापानमा हालसम्म कुल कोरोनाका बिरामीको संख्या १ लाख २० हजार ३ सय ४३ पुगेको छ ।

कोरोनाबाट बिरामी भएका १९ सय १४ जनाले ज्यान गुमाएका छन् ।

अझै उपचार गराईरहेका २ सय ५१ जनाको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरणमा उल्लेख छ ।

हालसम्म कुल कोरोनाका बिरामी मध्ये १ लाख ३ हजार ६ सय ७४ जना निको भईसकेको तथ्यांकमा उल्लेख छ ।