(Japan) 24 th August | 2026 | Monday | 8:03:57 PM || (Nepal) 4:48:57 PM
 
 


जापान कोभिड-१९ अपडेट-आईतबार १,४४१ जनामा कोरोना संक्रमण

Prakash Panta   POSTED ON : Monday, 16 November, 2020 | Views : 2664

जापान कोभिड-१९ अपडेट-आईतबार १,४४१ जनामा कोरोना संक्रमण


टोकियो, जापान ।

नोभेम्वर १६ तारिख जापानमा ७ जना कोरोनाका बिरामीले ज्यान गुमाउँदा १,४४१ नयाँ संक्रमित पुष्टि भएका छन् ।

जापानमा दैनिक हजार बढी कोरोना संक्रमित थपिनेक्रम यथावत रहँदा देशभर संक्रमणको दर बढ्दो क्रममा रहेको छ ।

केही प्रिफेक्चरमा कोरोनाको जोखिम उच्च हुँदा खतराको स्तर बढाईएको छ भने केही प्रिफेक्चरले आपतकाल घोषणा गर्नसक्ने बताएका छन् ।

प्रधानमन्त्री योशिहिदे सुगाले तत्काल आपतकाल घोषणा नहुने बताएपनि संक्रमण दर बृद्धि तथा सरकारी विज्ञ समितिकै सुझाव र सल्लाह हेर्दा प्रधानमन्त्रीको भनाई यहि अवस्था रहेमा हप्तादिनमै गलत सावित हुने लक्षण देखिएको छ ।


जापानमा कोरोना संक्रमण तथ्यांक

घरेलु कोरोना संक्रमित संख्या ११८,७०८

योकोहामा क्रुज संक्रमित ७१२

कुल कोरोनाका बिरामीको संख्या ११९,४२०


कोरोना भाइरसबाट संक्रमित भएर ज्यान गुमाएकाको संख्या

घरेलु कोरोना मृतकको संख्या १,८९५

योकोहामा क्रुजका मृतक संख्या १३

कुल कोरोना भाइरस संक्रमणबाट मृतकको संख्या १,९०८


जापानमा हाल कोरोना भाइरसबाट संक्रमण भएर उपचाररत गम्भिर बिरामीको संख्या २४३


कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाको संख्या

घरेलु कोरोना भाइरस संक्रमण मुक्त संख्या १०२,८३७

योकोहामा क्रुजका संक्रमण मुक्त संख्या ६५९

कुल कोरोना भाइरसबाट संक्रमित भएर डिस्चार्ज भएकाको संख्या १०३,४९६