(Japan) 25 th August | 2026 | Tuesday | 10:25:08 PM || (Nepal) 7:10:08 PM
 
 


जापानमा सोमबार थपिए ७६१ कोरोनाका बिरामी, ११ जनाको मृत्यु

Jack Khadka   POSTED ON : Tuesday, 10 November, 2020 | Views : 2428

जापानमा सोमबार थपिए ७६१ कोरोनाका बिरामी, ११ जनाको मृत्यु


टोकियो, जापान ।

होक्काईदोमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित पुष्टि हुँदा नोभेम्वर ९ तारिख जापानमा ७६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार यो अवधिमा रात ७ बजेसम्ममा ११ जना संक्रमितले ज्यान गुमाएका छन् ।

निधन हुनेमा ओसाका ४, ह्योगो २, ओकायामा २, होक्काईदो १, मियागी १ र आओमोरी प्रिफेक्चरमा एक जना कोरोनाका बिरामी रहेका छन् ।

सबैभन्दा बढी संक्रमित होक्काईदोमा २ सय जना पुष्टि हुँदा राजधानी टोकियोमा १५७ जनामा कोभिड-१९ पोजेटिभ पाईएको छ ।

यस बाहेक ओसाका ७८, आईची ५७, साईतामा ५१, खानागावा ३६, चिबा ३२, ह्योगो २०, शिगा १९, नागानो १४ रहेको छ । कुल ३२ प्रिफेक्चरमा संक्रमित पुष्टि हुँदा अन्य प्रिफेक्चरमा भने दोहोरो अंकमा संक्रमित पाईएका छैनन । यद्यपी एयरपोर्ट क्वारिन्टिनमा नयाँ ९ जना कोरोनाका बिरामी थपिएका छन् ।

जापानमा हालसम्म कोरोना भाइरसबाट संक्रमित भएकाको कुल संख्या १ लाख ९ हजार ९ सय ७५ पुगेको छ । संक्रमित मध्ये १८ सय ४८ जनाको मृत्यु भएको छ ।

यस बाहेक हाल उपचार गराईरहेका २ सय ४ जनाको अवस्था गम्भिर रहेको तथ्यांकमा उल्लेख छ ।

जापानमा कोरोना भाइरस संक्रमित भएका मध्ये हालसम्म ९३ हजार ३ सय १३ जना निको भएर डिस्चार्ज भईसकेका छन् ।