(Japan) 25 th August | 2026 | Tuesday | 10:24:36 PM || (Nepal) 7:09:36 PM
 
 


जापानमा कोरोना संक्रमणको अर्को रेकर्ड ! एकैदिन ३७ प्रिफेक्चरमा ११४५ जना नयाँ संक्रमित

Prakash panta   POSTED ON : Saturday, 07 November, 2020 | Views : 5118

जापानमा कोरोना संक्रमणको अर्को रेकर्ड ! एकैदिन ३७ प्रिफेक्चरमा ११४५ जना नयाँ संक्रमित


टोकियो, जापान ।

प्रधानमन्त्री योशीहिदे सुगाले जापानभर नयाँ कोरोना भाइरस फैलिने संकेतहरू पाइएको बताएकै दिन जापानमा १,१४५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

तीन महिना यताकै उच्च संक्रमण पुष्टि हुँदा नोभेम्बर ६ तारिख ३७ प्रिफेक्चरमा कोरोनाका बिरामी भेटिएका छन ।

संक्रमित भेटिएको प्रिफेक्चर संख्या समेत महिना दिन यताकै धेरै हो ।

टोकियो सहित मुख्य शहर क्षेत्रमा संक्रमित बृद्दि बढ्दो क्रममा रहेको तथ्यांकले देखाउछ । शुक्रबार टोकियोमा २४२ जना नयाँ कोरोना भाइरसका बिरामी पुष्टि भएको टोकियो महानगरले जनाएको छ ।

यसैगरी ओसाका १६९, होक्काइदो ११५, साइतामा ११४, खानागावा १०४, आईची ८२, ह्योगो ४९, चिबा ४२ रहेको छ ।

लगातार दोश्रो दिन एक हजार भन्दा धेरै कोरोनाका बिरामी थपिएर जापानमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या १०६,९३८ पुगेको छ ।

शुक्रबार नै कोरोना भाइरसबाट बिरामी भएर उपचाररत ४ जनाको निधन भएको छ । यो सहित जापानमा कोरोना भाइरस रोगका कारण ज्यान गुमाउनेको संख्या १,८२५ पुगेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।

जापानमा दैनिक कोरोना बिरामी बढिरहदा गम्भिर बिरामीको संख्या पनि बढन् थालेको छ । शनिवार बिहान ५ बजेसम्मको विवरण अनुसार उपचार गराइरहेका १८९ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

यसैगरी हालसम्म कुल कोरोनाका बिरामी मध्ये ९६,४१५ जना स्वास्थ्यलाभ गरेर कोभिड-१९ भाइरस संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन ।