टोकियो, जापान ।
जापानको एक कुखुरा फार्मका सयौ कुखुरा बर्ड फ्लू लागेर मरेको अधिकारिहरुले पुष्टि गरेका छन ।
पश्चिम जापानको कागावा प्रिफेक्चर स्थित एक कुखुरा फारममा बर्ड फ्लूको प्रकोप देखिएको हो ।
भटाभट ३८ सय कुखुरा मरेपछी गरिएको परीक्षणमा बर्ड फ्लू पुष्टि गरिएपछी ३३०,००० कुखुरा नष्ट गरिएको छ ।
कृषि मन्त्री कोतारो नोगामीले बिहिबार यस्तो बताएका हुन् । यो सन् २०१८ यता जापानमा देखिएको पहिलो बर्ड फ्लूको प्रकोप हो ।
त्यतिबेला पनि कागावा प्रिफेक्चरमा नै बर्ड फ्लुको प्रकोप देखिएको कृषि मन्त्रालयले बताएको छ । यसबारे प्रधानमन्त्री योशिहिदे सुगालाई जानकारी गराइएको छ । प्रभावित कुखुराहरु नष्ट गर्ने लगायत फ्लु नियन्त्रणका उपायहरु बिहिवार बिहानै देखि अपनाउन थालिएको बताइएको छ ।
रोकथामका उपायहरु अपनाउन र तीव्र रुपमा सूचनाहरु आदानप्रदान गर्न सुगाले मन्त्रीपरिषद्का सदस्यहरुलाई आदेश दिएको प्रधानमन्त्रीको कार्यालयले बताएको छ । यसबारे सचेत रहन उनले कृषकहरुलाई समेत आग्रह गरेको बताइएको छ ।
सरकारले एक भएर काम गर्ने अनि संक्रमण फैलिन नदिन सम्भव भएसम्मका सबै उपायहरु अपनाइने मन्त्रीपरिषद्को बैठकमा मन्त्रीपरिषद्का मुख्य सचिव खाचुनोबु कातोले भने ।
महामारी खागावा प्रिफेक्चरको मितोयोमा रहेको एक कुखुराको फारममा देखिएको थियो ।