(Japan) 25 th August | 2026 | Tuesday | 10:24:55 PM || (Nepal) 7:09:55 PM
 
 


जापानभर कोरोना संक्रमण खतराको स्तर पार गर्दै, तीन महिना पछी हजार धेरै संक्रमित पुष्टि

Sajina Moktan   POSTED ON : Friday, 06 November, 2020 | Views : 2730

जापानभर कोरोना संक्रमण खतराको स्तर पार गर्दै, तीन महिना पछी हजार धेरै संक्रमित पुष्टि


टोकियो, जापान ।

तीन महिना पछी एकैदिन जापानमा एक हजार जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

चार प्रिफेक्चरमा दुइमहिना पछी एकैदिन सय कोरोनाका बिरामी नाध्दा बिहीवार १ हजार ४८ जना कोभिड-१९ पोजेटिभ पुष्टि भएका छ ।

बिहीवार टोकियोमा सबैभन्दा धेरै २६९ र क्रमश ओसाका १२५, होक्काइदो ११९, खानागावा १०९, आईची ७९, चिबा ५८ र ह्योगो ४३ रहेको छ ।

कोरोना संक्रमित भेटिने प्रिफेक्चरको संख्या समेत बढेर नोभेम्बर ५ तारिख ३६ पुगेको छ । यसैगरी ९ जना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार अगस्ट २१ पछी पहिलोपटक बिहीवार हजार कोरोना संक्रमित पार भएको हो ।

रात ११ बजेसम्मको तथ्यांक अनुसार योकोहामा क्रुजका ७१२ र घरेलु १०,५०८२ गरेर कुल कोरोनाका बिरामीको संख्या १ लाख ५ हजार ७ सय ९४ पुगेको छ ।

यसैगरी क्रुजकै १३ र घरेलु १,८०८ समेत गरी १ हजार ८ सय २१ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

अर्कोतर्फ गम्भिर कोरोना संक्रमितको संख्या बढेर १८३ पुगेको छ ।

संक्रमितहरु मध्ये हालसम्म घरेलु ९५,११३ र क्रुजका ६५९ सहित जम्मा ९५ जहार ७ सय ७२ जना कोरोना भाइरस संक्रमण मुक्त भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।