टोकियो, जापान ।
एक महिना यता क्रमश दैनिक कोभिड-१९ संक्रमणमा आएको बढोत्तरिले जापानमा सक्रिय संक्रमितको संख्यामा बृद्दि भएको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको बिहीवार बिहानसम्मको ताजा तथ्यांक अनुसार जापानमा ७,९८२ जना सक्रिय कोरोनाका बिरामी छन ।
पहिलो लहरमा फैलिएको कोरोना संक्रमण नियन्त्रणपछी एक समय जापानभर गरेर केवल २५ सय सक्रिय संक्रमित रहेकोमा त्यसयता यो संख्या निरन्तर उकालो लाग्दै गएको छ ।
हिजो नोभेम्बर ४ तारिख जापानमा ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ जना कोरोनाका बिरामीको निधन भएको छ ।
बुधवार ४७ मध्ये ३१ प्रिफेक्चर र एयरपोर्ट क्वारिन्टिनमा १२ जनामा कोभिड-१९ सकारात्मक पाइएको थियो ।
हाल जापानमा कुल संक्रमितको संख्या १०४,७४८ पुग्दा ९४,९५४ जना निको भएर डिस्चार्ज भइसकेका छन ।
यसैगरी जापानमा १,८१२ जनाको कोरोना संक्रमणका कारण निधन हुँदा उपचार गराइरहेका १६५ जना सघन उपचार कक्षमा मृत्युसँग संघर्स गरिरहेका छन ।