(Japan) 25 th August | 2026 | Tuesday | 10:24:25 PM || (Nepal) 7:09:25 PM
 
 


जापानमा कोरोना संक्रमण निरन्तर उकालो, मंगलवार ३१ प्रिफेक्चरमा ८६६ जनामा संक्रमण

Jack khadka   POSTED ON : Wednesday, 04 November, 2020 | Views : 3874

जापानमा कोरोना संक्रमण निरन्तर उकालो, मंगलवार ३१ प्रिफेक्चरमा ८६६ जनामा संक्रमण


टोकियो, जापान ।

दिनप्रतिदिन कोरोना भाइरस संक्रमण क्रमश बृद्दि हुँदै गएको जापानमा संक्रमित थपिने प्रिफेक्चर पनि बढ्दो पाइएको छ ।

यसैक्रममा मंगलवार नोभेम्बर ३ तारिख जापानमा ८६६ नयाँ कोभिड-१९ बिरामी थपिएका छन ।

यस बाहेक ७ जना कोरोनाका बिरामीले ज्यान गुमाएका छन ।

ताजा तथ्यांक अनुसार बुधवार बिहान ६ बजे सम्ममा जापानमा कुल कोरोनाका बिरामीको संख्या १०४,१२६ पुगेको छ ।

जसमा ७१२ जना योकोहामा क्रुजका संक्रमित समेत रहेका छन ।

संक्रमित मध्ये १८ सय ८ जनाको मृत्‍यु हुँदा घरेलु कोरोनाका बिरामी १,७९५ र १३ क्रुजका यात्रि समाबेश छन ।

अझै उपचार गराइरहेका १६३ जना गम्भिर अवस्थामा भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अर्कोतर्फ कुल संक्रमितमा ९४,५१४ ब्यक्ती स्वस्थ भएर घर फर्किसकेका छन । निको हुनेमा ६५९ क्रुजका यात्रु र जापान भित्रै कोरोना संक्रमित भएका ९३,८५५ जना रहेका छन ।