टोकियो, जापान ।
जापानमा नयाँ कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या करिव १ लाख ३ हजार पुगेको छ ।
नोभेम्बर १ तारिख आईतबार थपिएका ६१४ जना सहित जापानमा कुल कोरोना भाइरस संक्रमितको संख्या १०२,७८० पुगेको छ ।
आईतबार नै जापानभर गरेर ६ जनाले ज्यान गुमाएका छन् । थपिएका नयाँ मृतक सहित कुल संख्या १,७८९ पुगेको यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
अझै उपचार गराईरहेका १६० जनाको अवस्था गम्भिर रहेको बताईएको छ ।
आाईतबार २५ प्रिफेक्चरमा संक्रमित पुष्टि भएका छन् । सबैभन्दा धेरै संक्रमित पाईएकामा टोकियो १२६, ओसाका १२३, होक्काईदो ६९, खानागावा ६६, आईची ४८, साईतामा ३३, ओकिनावा २७ र चिबा २४ रहेको छ ।
एयरपोर्ट क्वारिन्टिनमा पनि नयाँ संक्रमित ८ जना थप भएर ११ सय ८० पुगेको छ ।
उपचार पश्चात ताजा विवरण अनुसार ९३ हजार ६ सय १९ जना निको भएर घर फर्किएका छन् ।