टोकियो, जापान ।
पछिल्लो समय कोभिड-१९ भाइरस संक्रमित लगातार बृद्धिसँगै जापानमा स्वास्थ्य हेरचाह र परिवहन क्षेत्रका कामदारहरुमाथि कामको अत्यधिक भार थपिएको छ ।
कोरोना भाइरसका महामारीको बेलामा यस्ता कामदारहरुको ओभरवर्क बढेको शुक्रवार सरकारले सार्वजनिक गरेको अध्ययनले देखाएको हो ।
समग्रमा मार्च र अप्रिलमा अध्ययनको बेलामा हरेक हप्ता ८० घन्टा वा सो भन्दा बढी समय काम गर्ने मानिसको प्रतिशत घटेको भएपनि स्वास्थ्य हेरचाह र हुलाक एवम् डेलिभरी कामदारसमेत परिवहन क्षेत्रमा भने साप्ताहिक कार्य घन्टा बढेको थियो । गत वर्षको सोही अवधिको तुलनामा मार्च परिवहन कामदारहरुमा ओभरवर्क शून्य दशमलव २३ प्रतिशतले बढेको जापानमा ओभरवर्कसँग सम्बन्धी मृत्यु र आत्म ह८त्याको विश्लेषण गर्ने पछिल्लो स्वेत पत्रले देखाएको हो ।
स्वास्थ्य क्षेत्रमा रोजगाररतका लागि भने यो अंक गत वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव शून्य ८ प्रतिशतले बढेर शून्य दशमलव ६८ प्रतिशतमा उक्लिएको थियो । अप्रिलमा पनि दुबै क्षेत्रमा यो दर लगभग उही रहेको थियो ।
जापानमा अत्यधिक कामका कारण मृत्यु हुने र आत्म हत्या गर्ने घटनाबाट स्वास्थ्य हेरचाह र परिवहन उद्योग अभिशप्त रहँदै आएको छ । तर कर्मचारीहरुलाई अत्यधिक लामो समयसम्म काम गर्न लगाउने रोजगारदाताहरु माथि प्रतिबन्ध लगाउने र जरिवाना तिराउने काम भने भएको छैनन् ।
ओभरवर्ककको समस्या समाधान गर्न अन्य क्षेत्रमा भने यस्ता सुधारका उपायहरु कार्यान्वयन गरिएको छ । ओभरवर्कका कारण कर्मचारीहरुको मृत्यु हुने अवस्थाको पछाडि लगातार लामो समयसम्म काम गर्ने र अत्याशलाग्दो शिफ्ट मुख्य कारण भएको स्वेत पत्रमा पाइएको छ ।
सन् २०१० र सन् २०१७ को बीचमा अत्यधिक कामका कारण २ हजार २८० जनाको मस्तिष्क र हृदयसँग सम्बन्धी समस्याहरु देखिएकोमा धेरै जसोमा बिरामी हुनु भन्दा अगाडि लगातार ६ महीनासम्म ओभर वर्क गरेको लगायत कारणहरु पाइएको थियो ।