(Japan) 25 th August | 2026 | Tuesday | 10:27:00 PM || (Nepal) 7:12:00 PM
 
 


जापानमा शुक्रबार ७७६ जनामा कोरोना संक्रमण, यि हुन कोरोना उच्च जोखिमको क्षेत्र

Sajina Moktan   POSTED ON : Saturday, 31 October, 2020 | Views : 4282

जापानमा शुक्रबार ७७६ जनामा कोरोना संक्रमण, यि हुन कोरोना उच्च जोखिमको क्षेत्र


टोकियो, जापान ।

बिस्तारै कोरोना संक्रमण उकालो लाग्दै खतराको स्तरमा पुग्दा जापानभर दैनिक संक्रमितको संख्या ८ सय आसपास थपिन थालेको छ ।

बिहीवार ८ सय कोभिड-१९ पोजेटिभ पुष्टि हुँदा शुक्रबार पनि संक्रमित करिब ८ सयजना फेला परेका छन ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार अक्टोबर ३० तारिख ७७६ जनामा संक्रमण पुष्टि भएको छ ।  यसैगरी शुक्रबार नै ८ जना कोरोनाका बिरामीले ज्यान गुमाएका छन ।

४७ मध्ये २८ प्रिफेक्चरमा कोरोना संक्रमित भेटिदा आधा दर्जन प्रिफेक्चरमा संक्रमित संख्या उच्च पाइएको छ । कोरोना संक्रमणको दैनिक बृद्दि र जोखिम उच्च रहेका स्थानमा राजधानी टोकियो पहिलो नम्बरमा छ । टोकियो २०४, पछी ओसाका १३७, होक्काइदो ६९, साइतामा ६१, खानागावा ६०, आईची ५१, चिबा ३४, ओकिनावा २७ र ह्योगो प्रिफेक्चरमा एकैदिन २० जनामा कोरोना संक्रमण पाइएको छ ।

शुक्रबार थपिएका सहित जापानमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख १ हजार २ सय ८९ पुगेको छ । 

कुल संक्रमित मध्ये हालसम्म १,७६९ जनाको कोरोनाकै कारण निधन भएको छ ।

अर्कोतर्फ हाल उपचाररत मध्ये १५६ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

उपचार पश्चात ९२ हजार ५ सय ४९ जना निको भएर डिस्चार्ज भइसकेका छन ।