(Japan) 25 th August | 2026 | Tuesday | 10:26:58 PM || (Nepal) 7:11:58 PM
 
 


जापानमा एकैदिन ७३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख पुग्यो

Prakash Panta   POSTED ON : Thursday, 29 October, 2020 | Views : 3226

जापानमा एकैदिन ७३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख पुग्यो


टोकियो, जापान ।

दोस्रो लहरमा कोरोना संक्रमण फैलिएर केहि नियन्त्रणमा जस्तो देखिएको कोरोना भाइरस संक्रमण पुन जापानभर फैलन थालेको देखिएको छ ।

केही नियन्त्रण र फैलंदो क्रममा देखिएको संक्रमणदर विस्तारै बढ्दै जान थालेको तथ्यांकले देखाएको छ ।

अक्टोबर २८ तारिख जापानभर गरेर ७ सय ३१ नयाँ कोरोना संक्रमित थपिएका छन् । यसैगरि बुवधार नै ५ जना कोरोनाका बिरामीले ज्यान गुमाएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

बुधवार रात ११ बजेसम्ममा जापानभर गरेर कोरोना संक्रमितको संख्या ९९ हजार ७ सय ७ पुगेको छ । यसैगरि कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ सय ५१ पुगेको विवरणमा उल्लेख छ ।

हाल उपचार गराईरहेका १ सय ६६ जना गम्भिर अवस्थामा रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

उपचार पश्चात निको हुनेको संख्यामा पनि बृद्धि भएको छ । मन्त्रालयको विवरण अनुसार हालसम्म कुल कोरोनाका बिरामी मध्ये ९१ हजार ४ सय ६६ जना निको भएर डिस्चार्ज भईसकेका छन् ।