टोकियो, जापान ।
जापान सरकारले मंगलबार सबै नागरिकका लागि कोरोना भाइरस विरुद्धको खोप तथा यसबाट हुनसक्ने साइड इफेक्टहरुका लागि आपूर्तिकर्ताहरुलाई क्षतिपूर्ति सबै खर्च आफैंले बेहोर्ने विधेयक पारित गरेको छ ।
आगामी वर्षको पहिलो अर्धवार्षिक अवधिभित्र देशमा सबैका लागि खोप सुरक्षित गर्ने प्रधानमन्त्री योशिहिदे सुगाको प्रतिबद्धता अनुसार खोप सम्बन्धी विद्यमान कानूनमा संसोधन गर्न यो विधेयक ल्याइएको हो ।
विधेयक विद्यमान संसद सत्रमै डिसेम्बर ५ भित्र कार्यान्वयन गर्ने सरकारी लक्ष्य छ । यस कार्यक्रमका लागि सरकारले ६ खर्ब ७१ अर्ब ४० करोड येन (६ अर्ब ४० करोड डलर) बजेट विनियोजन गरेको छ ।
सरकारले १२९१२ करोड डोज खोपका लागि बेलायत औषधि निर्माता अस्त्रजेनेका र अमेरिक कम्पनी फाइजर इंकसँग सम्झौता गरिसकेको छ । थप ४ करोड वा सो भन्दा बढी डोजको खोपका लागि अमेरिकी कम्पनी मोडेर्नासँग पनि वार्ता भइरहेको छ ।