(Japan) 25 th August | 2026 | Tuesday | 10:27:46 PM || (Nepal) 7:12:46 PM
 
 


जापानीहरुको चुरोट अम्बली बानी घट्यो, ३३ बर्ष यताकै न्युन चुरोट सेवन

Jack Khadka   POSTED ON : Wednesday, 28 October, 2020 | Views : 4046

जापानीहरुको चुरोट अम्बली बानी घट्यो, ३३ बर्ष यताकै न्युन चुरोट सेवन


टोकियो, जापान ।

गतबर्ष चुरोट सेवन गर्ने जापानीहरुको बानी अहिलेसम्मको न्युन बिन्दुमा झरेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गरेको सर्बेक्षण अनुसार सन २०१९ मा जापानीहरुको चुरोट अम्बली बानी १६.७ प्रतिशतले घटेको छ ।

मन्त्रालयले गत नोभेम्बर महिनामा ५७०० सय ब्यक्तिमा सर्बेक्षण गरेको थियो । सर्बेक्षणमा २० बर्ष भन्दा बढी उमेरका जापानभरबाट महिला र पुरुषलाई सहभागी गराइएको थियो ।

सर्बेक्षणमा पुरुषको २७.१ प्रतिशत र महिलाको ७.६ प्रतिशत चुरोट अम्बली बानी घटेको पाइएको छ ।

१० बर्षमा जापानीहरुको चुरोट सेवन गर्ने बानी पुरुषको ११.१ र महिलाको ३.३ मात्राले घटेको सरकारी आकंडाले देखाएको छ ।

समग्रमा महिला र पुरुषको चुरोट पिउने बानी १६.७ प्रतिशतले घटेको र यो गत बर्षको तुलनामा १.१ मात्राले कम हो ।

यसरी हेर्दा सन १९८६ देखी गर्न थालिएको सर्बेक्षणमा जापानीहरुको चुरोट सेवन गर्ने आदत अहिलेसम्मकै न्युन देखिएको छ ।

यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले रेइवा युग सुरु भएको ४ बर्षमा महिला र पुरुषको चुरोट सेवन गर्ने बानिलाई १२ प्रतिशतमा झार्ने लक्ष्य लाखेको छ ।

यसको लागि कयौ अस्पतालहरुमा चुरोट सेवन गर्ने बानी त्याग्न ईच्छुक ब्यक्तिहरुलाई निशुल्क सहयोग मरामर्श दिन निशुल्क टेलिफोन संपर्कको ब्यवस्था समेत मिलाएको छ ।