टोकियो, जापान ।
राजधानी टोकियोमा १५८ र ओसाकामा १४२ सहित अक्टोबर २७ तारिख जापानमा ६४४ जना नयाँ कोरोनाका बिरामी थपिएका छन ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार मंगलबार टोकियो, ह्योगो, चिबा, ओकायामा र खानागावामा गरेर पाँच जना कोरोनाका बिरामीको निधन भएको छ ।
जापानभर गरेर ४७ मध्ये मंगलबार २५ प्रिफेक्चरमा नयाँ संक्रमित पुष्टि भएका छन ।
स्वास्थ्य मन्त्रालयको विवरण अनुसार हालसम्म जापानमा घरेलु कोरोनाका बिरामीको संख्या ९८,२६२ रहेको छ । योकोहामा क्रुजका ७१२ सहित कुल संक्रमितको संख्या ९८ हजार ९ सय ७४ पुगेको छ ।
जापानमा कुल कोरोना भाइरस संक्रमित मध्ये ९० हजार ८ सय ७ जना भने निको भइसकेका छन ।
हालसम्म कोरोना संक्रमणबाट जापानमा १७ सय ४६ जनाले ज्यान गुमाएका छन । यसमा १३ जना क्रुजका यात्रु र १,७३३ जना घरेलु संक्रमित रहेका छन ।
अझै उपचाररत १६८ जनाको अवस्था गम्भिर रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।